सिटिजन लाइफद्वारा कर्मचारीहरुका लागि तालिम आयोजना
- गाउँ सहर संवाददाता
- १६ असोज बुधबार, २०८१ | १९:५०:०० मा प्रकाशित
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ ।
यसै सन्दर्भमा ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा सिटिजन लाइफले प्रधान कार्यालयका कर्मचारीहरुका लागि व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरेकाे थियो । यस कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा पूर्वमिस नेपाल सुगारिका केसीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ६० भन्दा बढी कम्पनीका कर्मचारीहरुले लिएका थिए । कार्यक्रममा मुख्य गरी समय व्यवस्थापन, नेतृत्व, संचार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धि लगायत अन्य व्यक्तित्व विकासकालागि महत्वपूर्ण विषयहरुमा तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बिसीले उपस्थित कर्मचारीहरुलाई प्रेरणागत रुपमा आगाडी बढ्नका लागि राणनीतिहरु सिकाएका थिए ।
कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सबै सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै आउँदो दिनहरुमा यस तालिममा सिकेका कुराहरुले अझै मद्दत पुग्ने आशाका साथ, कार्यक्रमको सफलतापूवर्क समापन भएको घोषणाका साथै बधाई र शुभकामना व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस