डा.भगवान कोइरालाको नेतृत्वमा रहेको बनिरहेकाे केआइओसीएचलाई शाहकाे ४ करोड सहयोग
- गाउँ सहर संवाददाता
- १५ असोज मंगलबार, २०८१ | १४:१५:०० मा प्रकाशित

काठमाडाैं । विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने अपेक्षा गरिएको छ। यसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ। शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआईसीयू नामकरण गरिनेछ ।
गत भदौ १३ मा शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसीएचलाई प्रदान गरिसकेको छ।
गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजीआईएनएफ)ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ। यद्यपि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो।
कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउन्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ। सबै सहयोग रकम विजय कुमार शाहको निजी सम्पत्तिबाट गरिएको हो।
यस नयाँ पीएसआईसीयू र डे केयर सर्जरी शाखाद्वारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ। स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जानेछ। शाह परिवारको परोपकारी सहयोगका कारण नेपालको बालस्वास्थ्य सेवाको उल्लेखनीय सुधार हासिल हुनेछ विश्वास लिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस