स्मार्ट च्वाइस टेक्नोलोजिजको सीईओमा १५ वर्षको बैंकिङ अनुभव भएका घिमिरे नियुक्त
- गाउँ सहर संवाददाता
- १० असोज बिहीबार, २०८१ | १५:०७:०० मा प्रकाशित
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज घिमिरे नियुक्त भएका छन् ।
सीईओ घिमिरेले बिहीबारमात्रै कम्पनीका अध्यक्ष रविनकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
बैंक अफ एशिया (हालको एनआईसी एशिया बैंक) बाट आफ्नो बैकिङ करिअर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसकाे रूपमा कार्यरत थिए ।
बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ) इत्यादिमा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस