डा. उपाध्यायले ९ कराेड सहयाेग गरे बनिरहेकाे बाल अस्पताललाई
- गाउँ सहर संवाददाता
- ८ असोज मंगलबार, २०८१ | १६:४८:०० मा प्रकाशित
काठमाडौं । वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल अर्थात काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)लाई डा शशि भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन्।
डा. उपाध्यायले किओचको काठमाडौंमा बन्दै गरेको अस्पताल भवनको उत्तरी ब्लक निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन्। भवन निर्माणका लागि लाग्ने ९ करोड रुपैयाँ डा. उपाध्यायले उपलब्ध गराउने गरी सोमबार दुई पक्षबीच सम्भझौता भएको छ।
डा. उपाध्याय किओचका अध्यक्ष प्राडा कोइरालाबीच सोमबार सम्झौता भएको हो। सम्झौता गरे लगत्तै डा उपाध्यायले सहयोग रकमको पहिलो किस्ता बापत दुई करोड ७० लाख रुपैयाँको चेक डा कोइरालालाई हस्तान्तरण गरेका छन्।
डा. उपाध्यायले नेपालका बालबालिकाको उपचारका क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन्।
डा कोइरालाले उक्त सहयोगले अस्पताल निर्माणको कार्यलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
सहयोगका गर्ने बातावरण मिलाउन सहजीकरण गरेका नरेशचन्द्र लामिछानेले यस प्रक्रियामा सहयोगी भूमिका खेल्न सकेकोमा खुशी व्यक्त गरे
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस