डा. उपाध्यायले ९ कराेड सहयाेग गरे बनिरहेकाे बाल अस्पताललाई
- गाउँ सहर संवाददाता
- ८ असोज मंगलबार, २०८१ | १६:४८:०० मा प्रकाशित

काठमाडौं । वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल अर्थात काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)लाई डा शशि भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन्।
डा. उपाध्यायले किओचको काठमाडौंमा बन्दै गरेको अस्पताल भवनको उत्तरी ब्लक निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन्। भवन निर्माणका लागि लाग्ने ९ करोड रुपैयाँ डा. उपाध्यायले उपलब्ध गराउने गरी सोमबार दुई पक्षबीच सम्भझौता भएको छ।
डा. उपाध्याय किओचका अध्यक्ष प्राडा कोइरालाबीच सोमबार सम्झौता भएको हो। सम्झौता गरे लगत्तै डा उपाध्यायले सहयोग रकमको पहिलो किस्ता बापत दुई करोड ७० लाख रुपैयाँको चेक डा कोइरालालाई हस्तान्तरण गरेका छन्।
डा. उपाध्यायले नेपालका बालबालिकाको उपचारका क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन्।
डा कोइरालाले उक्त सहयोगले अस्पताल निर्माणको कार्यलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
सहयोगका गर्ने बातावरण मिलाउन सहजीकरण गरेका नरेशचन्द्र लामिछानेले यस प्रक्रियामा सहयोगी भूमिका खेल्न सकेकोमा खुशी व्यक्त गरे

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस