लमजुङका सोमत घिमिरेलाई २०८१ को प्रसिद्ध विकास–लेखन पुरस्कार
- गाउँ सहर संवाददाता
- ६ असोज आइतबार, २०८१ | १७:३३:०० मा प्रकाशित

काठमाडाैं । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास–लेखन राष्ट्रिय पुरस्कार’ २०८१ विकास अभियन्ता तथा लेखक सोमत घिमिरेलाई प्रदान गरिएको छ ।
नेपालको विकास प्रक्रियालाई टेवा पुग्ने विविध विषयका आधा दर्जनभन्दा बढी पुस्तक लेखेका लमजुङ निवासी घिमिरेले समावेशी लोकतन्त्र प्रवद्र्धन तथा सहभागीमूलक विकासका अनेक आयाममा नियमित रूपमा कलम चलाई राष्ट्रिय पत्रपत्रिकाहरूमा समेत सयौं आलेख लेखेका छन् । जुर्मराएको बखत, प्राकृतिक स्रोतमा नागरिक सर्वोच्चता, समृद्ध कर्णालीको दुःख, सामुदायिक अधिकार, जनकेन्द्रित वकालतलगायतका उनका पुस्तकहरू चर्चित हुन् ।
नेपानको ३०औँ वार्षिक साधारणसभाको अवसर पारेर असोज ५ गते शनिवार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी तथा नेपानका अध्यक्ष भोला भट्टराईले उनलाई उक्त पुरस्कार तथा सम्मानपत्र अर्पण गरेका हुन् । सम्मानको राशि १० हजार रुपैयाँ रहेको छ । वि.सं. २०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधन भएपश्चात् उनको स्मृतिमा उनका बाबा–आमा चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैत महिनामा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोही रकमको ब्याजबाट हरेक वर्ष नेपान सदस्य वा गैरसदस्य विकास–लेखकहरूलाई सम्मान गर्ने प्रचलन छ । घिमिरेसमेत सो पुरस्कारबाट हालसम्म ७ जना विकास–लेखकहरू सम्मानित भइसकेका छन् ।
सो पुरस्कारबाट वि.सं. २०७५ मा पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडालाई, २०७६ मा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीलाई, २०७७ मा प्रशासन तथा व्यवस्थापनविद् डा. मानबहादुर विश्वकर्मालाई, २०७८ मा कृषि एवम् ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापालाई, २०७९ मा नेपाली मोडेलको सकारात्मक सोच पद्धतिका प्रवद्र्धक डा. चण्डीप्रसाद चापागाईंलाई र २०८० मा महिला अधिकार तथा पोषणका विषयमा कलम चलाउने वरिष्ठ अभियन्ता डा. अरुणा उप्रेतीलाई सम्मान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस