काठमाडौं, तनहुँ, गोरखा र नवलपुरमा आज विद्युत् अवरुद्ध हुने
- गाउँ सहर संवाददाता
- ५ असोज शनिबार, २०८१ | ०७:५२:०० मा प्रकाशित
काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।
विद्यतु लाइन भूमिगात गर्ने कार्यका लागि विहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ ।
यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय क्षेत्र एयरपोर्टमा पनि विद्युत सेवा बन्द हुनेछ ।
त्यस्तै तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा पनि आज विद्युत अवरुद्ध हुने भएको छ ।
तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र नवलपुरको बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
तनहुँ वितरण केन्द्रअन्तर्गतको डुम्रे सबस्टेसनको ‘ब्रेकर स्विच गियर्स प्यानल’हरू बदली गर्ने कार्यका लागि बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाको सबै क्षेत्रमा उक्त दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए ।
डुम्रे सबस्टेसनमा पोखरीछाप, बन्दीपुर, डुम्रे र पालुङटार फिडरको पुरानो ११ केभी स्विच गियर प्यानलहरू बदली तथा ‘चार्ज’ गरिने उनले बताए । त्यस्तै, नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रअन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नका लागि खैरेनीटार सबस्टेसनको ३३ केभी प्रसारण लाइन बन्द हुने जनाइएको छ ।
उक्त सबस्टेसनमार्फत वितरीत शुक्लागण्डकी, भिमाद, घिरिङ, ऋषिङ, म्याग्दे, बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा बिहान १० देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज कतै हिमपात त कतै आंशिक बदलीदेखि मौसम मुख्यतया सफा
- कालीकाेटमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै सनाखत
- कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
- महिला यु-१९ टि-ट्वान्टी विश्व कपको एसिया छनोटमा खेलमा नेपालद्वारा थाइल्याण्ड पराजित
- शेयर : ६२ अंकले बढ्याे नेप्से, कुन कुन कम्पनीले कमाए ?
- अमेरिका र चीनका लागि राजदूत नियुक्त
- नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त
- रवि लामिछानेको म्याद थप्न अदालत लगिने, रास्वपाले प्रदर्शन गर्ने
- कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै, नेपालका के छन् मुद्धा ?
- यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा थाइल्याण्डसँग खेल्दै नेपाल
प्रतिकृया दिनुहोस