वातावरण

शेयर : ६२ अंकले बढ्याे नेप्से, कुन कुन कम्पनीले कमाए ?

काठमाडाैं । आइतबार शेयरबजारमा उछाल देखिएकाे छ । अघिल्लो कारोबार भन्दा ६२.५४ अंकले बढेको नेप्से परिसूचक २७३८.०६ मा बन्द भएकाे छ । बजार बढेसँगै कारोबार रकम पनि ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भयो । 

कारोबार रकमसँगै समग्र बजार परिसूचकमा समेत भारी वृद्धि भएपछि भने लगानीकर्तामा अब बजार बढ्ने आशा पलाएको छ ।

आइतबार नेप्से ६२.५४ अंकले बढे पनि १३ कम्पनीको शेयर मूल्य भने घटेको छ । कुल २४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय २८ कम्पनीको शेयर मूल्य बढेको थियो भने ३ कम्पनीको शेयर मूल्य यथास्थितिमा रहेको थियो र १३ कम्पनीको मूल्य भने घटेको थियो । नेप्से परिसूचक आधा सेन्चुरी भन्दा बढीले बढ्दा पनि १३ कम्पनीको मूल्य भने घटेको हो । साधारणतया चालु आवको खराब वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुको शेयर मूल्य घटेको छ । १३ वटा घटेका कम्पनीहरुमा ६ वटा माइक्रोफाइनान्स समूहका, ५ वटा हाइड्रोपावर समूहका र बाँकी वाणिज्य बैंक र फाइनान्स कम्पनीको एक एक वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

माइक्रोफाइनान्समा सबैभन्दा धेरै समाज लघुवित्तको शेयर मूल्य ४.८६ प्रतिशत अर्थात १८४.८० रुपैयाँले घटेर ३६ सय २० रुपैयाँमा कारोबार भएको छ । वित्तीय विवरणका कारण भन्दा पनि न्यून चुक्ता पुँजीका कारण मूल्य आकाशिएको समाज लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ४.८६ प्रतिशतले घटेको हो । त्यसैगरी मिथिला लघुवित्तको ७५ रुपैयाँ अर्थात ४.१६ प्रतिशतले घटेर १७३० रुपैयाँमा, आत्मनिर्भर लघुवित्त १ सय रुपैयाँले अर्थात २.०८ ले घटेर ४७ सय रुपैयाँमा कारोबार भएको छ । उपकार लघुवित्त, डिप्रोक्स लघुवित्त र फर्वाड लघुवित्त भने क्रमशः २५, ६.५ र १ रुपैयाँको झिनो अंकले घटेर बन्द भएको छ ।

हाइड्रोपावर समूहमा पनि सबैभन्दा न्यून चुक्ता पुँजी भएको कुथेली बुखारी स्मल हाइड्रोपावर सबैभन्दा बढी २.९९ प्रतिशत अर्थात ८१ रुपैयाँले घटेर २६२९ रुपैयाँमा अन्तिम कारोबार भयो । त्यसस्तै डोल्टी पावर १३ रुपैयाँ ९० पैसाले घटेर ६१०.१० रुपैयाँमा कारोबार भयो भने पिपल्स हाइड्रोपावर १०.८ रुपैयाँले घटेर ५९७.२० रुपैयाँमा कारोबार भयो । त्यसैगरी रिभर फल्स पावर ९ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा, सुपर माइ हाइड्रोपावर ४.८ रुपैयाँ घटेर ११ सय ९९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

वाणिज्य बैंकतर्फ ५ प्रतिशतमात्रै नगद लाभांश दिएको सानिमा बैंकको शेयर मूल्य २ रुपैयाँले घटेर ३ सय २६ रुपैयाँमा कारोबार भयो भने फाइनान्सतर्फ २२ रुपैयाँ ९० पैसा घटेर नेपाल फाइनान्स १३ सय ९९ रुपैयाँमा कारोबार भयो ।

गाउँ सहर संवाददाता

तपाईँको मत