यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा थाइल्याण्डसँग खेल्दै नेपाल
- गाउँ सहर संवाददाता
- २५ कार्तिक आइतबार, २०८१ | ०७:२०:०० मा प्रकाशित
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ।
नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ। गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।
यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ढिलै किन नहाेस् डा. शेखर काेइरालाले भने - ‘रेमिट्यान्स बढ्नु भनेको आर्थिक विकास हुनु होइन’
- जोडिए उद्योगमा काटिएका बिजुलीका लाइन
- काठमाडाैंबाहिरबाट थप विस्तार हुन थाले अन्तर्राष्ट्रिय उडान
- आजकाे माैसम मुख्यतया सफा, केहीठाउँमा हिमपात
- गत आर्थिक वर्षमा झण्डै १५ अर्ब रुपैयाँ बेरुजु
- हिमालको सुरक्षा पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ - राष्ट्रपति पौडेल
- भागबण्डा मिलाउन वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइयो
- पूर्वमन्त्री मनाङेलाई डिल्लीबजार कारागार चलान
- कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान
प्रतिकृया दिनुहोस