सडक/यातायात
कालीकाेटमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै सनाखत
- गाउँ सहर संवाददाता
- २५ कार्तिक आइतबार, २०८१ | २२:०१:०० मा प्रकाशित

कालीकोट । जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।
दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो ।
खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् । घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरी उपचार सुरु भएको प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
गाडी सडकदेखि दुई सय सय मिटर तल खसेको थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
प्रतिकृया दिनुहोस