ओडीआईमा क्यानडासँग नेपालकाे लज्जास्पद पराजित
- गाउँ सहर संवाददाता
- १ असोज मंगलबार, २०८१ | ०७:१०:०० मा प्रकाशित
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले लज्जास्पद पराजित ब्यहाेरेकाे छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।
२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।
ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।
त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।
कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए ।
नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौं, तनहुँ, गोरखा र नवलपुरमा आज विद्युत् अवरुद्ध हुने
- एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु
- यस वर्षकाे बडादशैँकाे साइत यस्ताे
- बाघमारा बहुउद्देश्यीय साकोस सहकारीको बाह्रौं वार्षिक साधारणसभा
- ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
- ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट ब्रिटिस कलेजका निर्देशक कँडेल सम्मानित
- राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोली न्युयोर्क प्रस्थान
- प्रत्येक नेपालीकाे टाउकाेमा करिब ८६ हजार रुपैयाँ बराबर ऋण
- यस्ताे छ प्रधानमन्त्री ओलीकाे अमेरिका भ्रमणकाे तालिका
- फोनपेले गर्यो ‘सुपर यात्रा’ अभियानको घोषणा
प्रतिकृया दिनुहोस