ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
- गाउँ सहर संवाददाता
- ४ असोज शुक्रबार, २०८१ | १६:४४:०० मा प्रकाशित
काठमाडौं । ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ ।
उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षकाे बडादशैँकाे साइत यस्ताे
- बाघमारा बहुउद्देश्यीय साकोस सहकारीको बाह्रौं वार्षिक साधारणसभा
- ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट ब्रिटिस कलेजका निर्देशक कँडेल सम्मानित
- राष्ट्रसङ्घ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोली न्युयोर्क प्रस्थान
- प्रत्येक नेपालीकाे टाउकाेमा करिब ८६ हजार रुपैयाँ बराबर ऋण
- यस्ताे छ प्रधानमन्त्री ओलीकाे अमेरिका भ्रमणकाे तालिका
- फोनपेले गर्यो ‘सुपर यात्रा’ अभियानको घोषणा
- मिस नेपाल वल्र्ड आश्माकुमारी केसीप्रति राप्रपाकाे एकतर्फी 'प्रेम'
- शुरू भयाे चाडपर्व लक्षित सहुलियत मूल्य पसल
- फरक मतसहित १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन
प्रतिकृया दिनुहोस