ज्योति विकास बैंकका ग्राहकलाई ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’मा छुट
- गाउँ सहर संवाददाता
- २५ भदौ मंगलबार, २०८१ | २२:२७:०० मा प्रकाशित
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई ठूलो भर्याङस्थित ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरुमा छुट दिइने भएको छ ।
दुई पक्षबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले सेन्टरमा उपलब्ध खानामा १० प्रतिशत छुट पाउने छन् ।
स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ । बैंकले यसअघि ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर’सँग सम्झौता गरेर आफ्ना ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गराएको थियो ।
यस्तै काठमाडौंस्थित प्रख्यात ट्र्यांक्विलिटी स्पामा पनि उक्त बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट पाउने सम्झौता भइसकेको छ । यसवाहेक बैंकले ‘जस्मिन फटनेस क्लब न्ड स्पा’ लगायत कम्पनीहरुसँग पनि सम्झौता गरी ग्राहकलाई छुटको व्यवस्था गरेको छ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस