आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायाे
- गाउँ सहर संवाददाता
- १६ भदौ आइतबार, २०८१ | ०७:१४:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
- सरकारी बेरूजू थुप्रिएकाे थुप्रिएकै, ७ खर्ब ३३ अर्ब पुग्यो बेरुजु, वर्षमै थपियो ९१ अर्ब ५९ करोड
- रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा 4G मोबाइल सेवा विस्तार
- आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
- क्यानसँगकाे सम्झाैताबाट बाहिरिने सन्दीपको निर्णय
- जेठको लागि बैंकहरूकाे नयाँ ब्याजदर प्रकाशित
- संसदमा सत्तापक्षी र प्रतिपक्षीका यस्ता तर्क (लाइभ)
- विवाहमा छोराबुहारीलाई बीमालेख उपहार
- सगरमाथा संवादमा १ सय ७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
- प्रतिनिधिसभा बैठककाे यस्ताे कार्यसूची
प्रतिकृया दिनुहोस