अर्थतन्त्र

जेठको लागि बैंकहरूकाे नयाँ ब्याजदर प्रकाशित

काठमाडौं । बैंकहरुले दीर्घकालीन मुद्दती निक्षेपलाई प्राथमिकता दिँदै जेठको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । अघिकांश बैंकले जेठमा पनि वैशाखकै ब्याजदरलाई निरन्तरता दिँदा केही बैंकले भने घटाएका छन् । नेपाल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले दीर्घकालीन निक्षेपको ब्याजदर वैशाखको भन्दा जेठमा बढाएर प्रकाशित गरेका छन् ।

२० मध्ये १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ वटा बैंकले घटाउँदा ३ बैंकले भने बढाएका हुन् । जेठमा नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र सिद्धार्थ बैंकले भने ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंक एभरेष्ट भएको छ । बैंकले ५ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६.६४ प्रतिशत ब्याजदर दिने भएको छ ।

वैशाखमा बैंकले सोही अवधिको मुद्दति निक्षेपमा ६.६१ प्रतिशत रहेकोमा ०.०३ प्रतिशत बिन्दुले ब्याजदर बढाएको हो । सानिमा बैंकले पनि ६० महिनाभनदा बढी अवधिको नयाँ मुद्दती निक्षेप योजना सार्वजनिक गर्दै ६.३३ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । यसअघि बैंकले ५.९५ प्रतिशत ब्याजदरमा ३६ महिनाको निक्षेप योजना ल्याएकोमा दीर्घकालीन निक्षेपमा बढी ब्याज दिनेगरी नयाँ योजना ल्याएको हो ।

नेपाल कबैंकले पनि मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बिन्दुले ब्याजदर बढाएर ५.५४ प्रतिशत ब्याज दिने भएको छ । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.५१ प्रतिशत ब्याजदर प्रकाशित गरेको बैंकले जेठको लागि सामान्य बढाएरको हो ।

यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने १ प्रतिशत बिन्दुले ब्याजदर घटाएर प्रकाशित गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने २ वर्ष वा त्यसभन्दा बढी अवधिको लागि वैशाखमा ६.५ प्रतिशत ब्याजदर दिएकोमा जेठमा १ प्रतिशत बिन्दुले घटाएर ५.५ प्रतिशत प्रकाशित गरेको हो । कुमारी बैंकले पनि ब्याजदर घटाएर प्रकाशित गरेको छ । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.९२ प्रतिशत रहेकोमा जेठमा ५.९१ प्रतिशत दिने भएको छ ।

यस्तै सिद्धार्थ बैंकले पनि ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ ६ प्रतिशत ब्याजदर रहेको बैंकले जेठमा त्यसलाई घटाएर ५.७५ प्रतिशत कायम गरेको हो । अन्य १४ बैंकले भने वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ति बैंकको पनि छोटो अवधिभन्दा पनि लामो अवधिको मुद्दती निक्षेपको प्रकाशित ब्याजदर बढी देखिन्छ ।

चालु आर्थिक वर्षमा पनि कर्जाको माग अपेक्षित रुपमा बढ्न नसकेपछि बैंकहरुले तत्काल ब्याजदर बढाउने अवस्था देखिएको छनै । केही बैंकले निक्षेप आवश्यक परेमा समान्य बढाउन र अर्को महिना पुन घटाउने अवस्था चलिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत