विवाहमा छोराबुहारीलाई बीमालेख उपहार
- गाउँ सहर संवाददाता
- ३१ बैशाख बुधबार, २०८२ | ११:१६:०० मा प्रकाशित

परासी । आजभोली शुभ अवसरमा बिमा पोलिसी प्रदान गरी बचत तथा सुरक्षा लिने प्रचलन बढेको छ । यसै क्रममा सुनवल नगरपालिका वडा नं. ५, हर्दिया, नवलपरासी निवासी सुरज बहादुर खड्का क्षेत्री एवम् उनकी पत्नी तुलसी कुमारी खत्रीले आफ्नो छोरा बुहारी बिमल खड्का र संगिता रायमाझीलाई शुभ विवाहको दिनमा सिटिजन शुभारम्भ बीमा योजना १५-१५ लाखको विमालेख छोरा बुहारीको नाममा खरिद गरि आफ्ना छोरा बुहारीलाई उपहार स्वरुप प्रदान गरेका छन् ।
विवाहको कार्यक्रममा परासी शाखाका शाखा प्रवन्धक दिपक क्षेत्री थापाले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी तथा बीमाको फाइदा बारेमा जानकारी गराउँदै आफ्नो छोराबुहारीलाई उपहार स्वरुप बीमालेख खरिद गरि उपहार प्रदान गरेकोमा बुबा आमा तथा सपरिवारलाई बधाई सँगसँगै धन्यवाद दिए ।
साथै सिनियर एजेन्सी म्यानेजर कमला थापा, एजेन्सी म्यानेजर विमला अधिकारी आचार्यले नयाँ जोडिलाई सुखद दाम्पत्य जीवनको शुभकामना प्रदान गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस