आँबुखैरेनी भारतीय पर्यटक बस दुर्घटना
- गाउँ सहर संवाददाता
- ७ भदौ शुक्रबार, २०८१ | १३:०२:०० मा प्रकाशित
काठमाडाैं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ।
तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन।
अहिलेसम्म १४ जनाको शव भेटिएको र १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
उक्त बसका यात्रुहरू भारतको गोरखपुरबाट आएको प्रहरीले जनाएको छ।
उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए।
उनीहरू भदौ ५ (बुधबार) पोखरा आएका थिए। पोखरस्थित उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ।
अहिले उद्धार कार्य जारी छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बजारमा पैसा छेलाेखेलाे भएपछि आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
- मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
- बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने तर सरकारसँग छैन पैसा
- सर्वोच्च बारमा पाेखरेल नेतृत्वकाे लोकतान्त्रिक समूह विजयी
- के छ त आजकाे माैसम पूर्वानुमान
- विपदले १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी, कति भयाे अहिलेसम्म भुक्तानी ?
- कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा १३ जनवरीमा सम्बोधन गर्ने
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान
- सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै भर्ना खुल्यो
- मुगुमा भूकम्पको धक्का, पश्चिम नेपालमा दिनहुँजसाे !
प्रतिकृया दिनुहोस