भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ के हाेला संकेत ?
- गाउँ सहर संवाददाता
- ५ श्रावण शनिबार, २०८१ | २०:१७:०० मा प्रकाशित
काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि ‘पसिना’ आएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार, शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा ‘पसिना’ आएको थियो । मूर्तिको बायाँ भागमा ‘पसिना’ आएको उनले बताए ।
‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको छ । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ ।
शिलामा आएको ‘पसिना’लाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । त्यसलाई ‘महाप्रसाद’ भनिने उनले बताए । शिलाको ‘पसिना’ पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि छ ।
शिलामा २१ औँ पटक पसिना आएको हाे । शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका थिए।
प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१औँ पटक पसिना आइसकेको स्थानीयले बताएका छन्। पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका सचिव राजेन्द्र श्रेष्ठले बताए । भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानीयहरूको भनाइ छ ।
शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ । शनिबार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँया पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ ।
‘पसिना’ पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
प्रतिकृया दिनुहोस