एसिया कप टी-२० क्रिकेटको पहिलो खेलमा आज युएइसँग प्रतिस्पर्धा गर्दै नेपाल
- गाउँ सहर संवाददाता
- ४ श्रावण शुक्रबार, २०८१ | ०८:१३:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसिया कप टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा आज युएइसँग प्रतिस्पर्धा गर्दैछ।
८ वर्षपछि एसियाकपमा सहभागिता जनाएको नेपाल पहिलो खेलमा विजयी सुरुवातको लक्ष्यमा रहेको छ। विश्व क्रिकेटका शक्तिशाली भारत, पाकिस्तान र नेपालको चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध भिड्दै गर्दा नेपाल एसियाकप इतिहासकै पहिलो जितको प्रतीक्षामा छ।
नेपाली महिला टोलीले पहिलो पटक २०१२ मा एसियाकपमा सहभागिता जनाएको थियो। पछिल्लो पटक २०१६ मा प्रतिस्पर्धा गरेको यो इभेन्टमा त्यसयताका ८ वर्षभने प्रतिक्षामानै बित्यो। दुई संस्करणमा सहभागी भएपनि नेपालले एसिया कपमा जित निकाल्न सकेको छैन।
सन् २०१२ को एसिया कपमा बंगलादेश, चीन र श्रीलंकासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो। त्यसैगरी ‘राउन्ड रोबिन’ आधारमा खेलाइएको २०१६ को एसिया कपमा नेपाल पाँच खेलमा जितविहीन रहेर घर फर्किएको थियो।
एसिसीले एसियाकपको छनोट मानिएको एसिसी प्रिमियर कपमा फाइनल पुग्ने दुई टोलीले सहभागिता जनाउँदै आएका थिए। यो पटक पनि नेपाल फाइनल पुग्न असफल हुँदा एसियाकप खेल्नबाट बञ्चित भएको थियो। तर, सुरुवातमा फाइनल पुग्ने दुई टोलीले मात्र एसियाकप खेल्ने तालिकालाई यो पटक एसिसीले परिमार्जन गर्दै सेमिफाइनलमा पराजित दुई टोलीलाई पनि एसियाकपमा स्थान दिने निर्णय गर्दा नेपाल र थाइल्यान्डको भाग्य चम्कियो। यद्यपि, यो अवसरमा नेपाल सामु बलिया टिमविरुद्ध पूरै २० ओभर खेल्दै प्रतिस्पर्धामा आफूलाई बलियो देखाउनुपर्ने चुनौती रहेको छ।
एसियाकपमा नेपाल समूह ‘ए’मा रहेर भारत, पाकिस्तान र युएईसँग समूह चरणमा भिड्दा कम्तीमा युएई र पाकिस्तानलाइ हराउँदै अघिल्लो चरण पुग्ने लक्षयमा रहेको छ। त्यस्तै, अर्को समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।
हरेक समूहमा शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगताको फाइनल २८ जुनमा हुनेछ। नेपालले दाम्बुलामा दिउँसो २:१५ मा प्रतिस्पर्धा गर्दा आजै हुने अर्को खेलमा भारत र पाकिस्तान साँझ ७:१५ मा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, सम्झना खड्का, डली भट्ट, रोमा थापा, ममता चौधरी, कीर्तिका मरासिनी, राजमति ऐरी

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस