एक महिनामा बाढीपहिरो लगायतका विपदमा परी ७४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २४ असार सोमबार, २०८१ | १८:१३:०० मा प्रकाशित
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी एक महिनामा ७४ जनाको मृत्यु भएको छ ।
सोमबार नेपाली प्रहरीद्वारा जारी बुलेटिनमा गत जेठ २८ गतेदेखि आज (सोमबार) सम्म ७४ जनाको मृत्यु भएको उल्लेख छ ।
बाढीपहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक गरी पाँच जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीका कारण जम्मा एक सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । तीन सय ३५ वटा पशु चौपाया मरेको छ । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस