एक महिनामा बाढीपहिरो लगायतका विपदमा परी ७४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २४ असार सोमबार, २०८१ | १८:१३:०० मा प्रकाशित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी एक महिनामा ७४ जनाको मृत्यु भएको छ ।
सोमबार नेपाली प्रहरीद्वारा जारी बुलेटिनमा गत जेठ २८ गतेदेखि आज (सोमबार) सम्म ७४ जनाको मृत्यु भएको उल्लेख छ ।
बाढीपहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक गरी पाँच जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीका कारण जम्मा एक सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । तीन सय ३५ वटा पशु चौपाया मरेको छ । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस