रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप
- गाउँ सहर संवाददाता
- १९ असार बुधबार, २०८१ | ११:१७:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।
केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका छन् ।
उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।
ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।
रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।
आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर उनको माग सुनुवाइ भएको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शुरू भयाे चाडपर्व लक्षित सहुलियत मूल्य पसल
- फरक मतसहित १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन
- नेपालमा दूतावास स्थापना गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
- जित नजिक पुगेकाे नेपाल ओमानसँग पराजित
- विभिन्न कार्यक्रम गरि आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
- उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत, विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि
- स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता, कुन-कुन दलले जितेका ठाउँमा खाली ?
- कोसीका मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दुई तिहाइ
- सुस्तायाे शेयरबजार, लगानीकर्ता निराश !
- दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी
प्रतिकृया दिनुहोस