अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा
- गाउँ सहर संवाददाता
- १३ असार बिहीबार, २०८१ | ०८:२४:०० मा प्रकाशित

काठमाडाैं । आईसीसी टी-२० विश्वकपको फाइनलमा पुग्न दक्षिण अफ्रिकाले ५७ रनको झिनो लक्ष्य पाएको छ।
ब्रायन लारा स्टेडियममा जारी पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो।
यो विश्वकपको इतिहासमा पहिलोपटक सेमिफाइनलमा बनेको कम योगफल हो।
समूह चरण र सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको अफगानिस्तान दक्षिण अफ्रिकाको घातक बलिङसामु लामो समय क्रिजमा टिक्न सकेन।
अजमतुल्लाह ओमरजाइले बनाएको १० रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
अफगानिस्तानका ४ ब्याटर बोल्ड आउट भए। तीन ब्याटर क्याच आउट र तीन खेलाडी एलबीडब्लु आउट भए।
अफगानिस्तानलाई कम स्कोरमा रोक्न मार्को जोसनले ३ विकेट लिए।
कागिसो रवाडा, एनरिच नोर्टेज र तबरैज साम्सीले समान २ विकेट लिए।
अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको हो भने दक्षिण अफ्रिकाले तेस्रोपटक।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस