प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८१ को बजेट पारित
- गाउँ सहर संवाददाता
- ११ असार मंगलबार, २०८१ | १४:५७:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
सभा सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले 'विनियोजन विधेयक २०८१ बहुमतले पारित भएको' घोषणा गरेकी थिइन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्ततु गरिएका थिए ।
विभिन्न मन्त्रालयका लागि विनियोजनमा ३१ जना सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । जुन बहुमतले अस्वीकृत भएका छन् । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि सांसद प्रेम सुवाल, अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डेय, रमा कोइराला, सञ्जयकुमार गौतम, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य, जीवन परियार, दीलेन्द्रप्रसाद बडू, बीना लामा, रुपा विक, ज्ञानबहादुर शाही र शान्ति विकले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
त्यस्तै, खर्च कटौती प्रस्ताव राख्नेमा सांसदहरू रोशन कार्की, नागिना यादव, तेजुलाल चौधरी, मैना कार्की, राजेन्द्र बजगाइँ, धवलशमशेर जबरा, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङ्देन, श्यामकुमार घिमिरे, बुद्धिमान तामाङ, हृदयराम थानी, उदयशमशेर राणा, प्रदीप पौडेल, चन्दा चौधरी, ध्रुवबहादुर प्रधान र पुष्पबहादुर शाह रहेका थिए । उनीहरू सबैले राखेका खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएका हुन् ।
खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
प्रतिनिधिभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएसँगै मन्त्रालय, कार्यालय तथा निकायका लागि विनियोजनमाथिको छलफल सकिएको थियो ।
प्रतिनिधिसभमा जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल निरन्तर चलेको थियो ।
अर्थमन्त्री पुनले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस