मुख्यसचिव अर्याललगायत १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोडभन्दा बढीको बिगो दावी
- गाउँ सहर संवाददाता
- ९ असार आइतबार, २०८१ | १७:५७:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले आज (आइतवार) विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो। सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको बताए।
उनले मुख्यसचिव अर्यालसहित तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रहेर अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजस्व कार्यालय लाजिम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाहीविरुद्ध मुद्दा परेको जानकारी दिए।
उनीहरुसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रालिका निर्देशक केशव शर्मा र उक्त कम्पनीलाई विपक्षी बनाएर १२ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता भएको छ।
मुख्यसचिव अर्यालसँगै १२ जनाविरुद्ध मुद्दा दर्ता भएको मुद्दाको बिगो ३८ करोड ६७ लाख १७ हजार ६४० कायम गरिएको छ। जम्मा बिगोमा २० प्रतिशत भुक्तानी दिइसकेको उजुरीमा उल्लेख गरिएको छ।
प्रवक्ता कार्कीका अनुसार मुख्यसचिवलगायत केही व्यक्तिविरुद्ध पूरै बिगो असुल उपरको माग दावी गरेर अख्तियारले मुद्दा दायर गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस