मुख्यसचिव अर्याललगायत १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोडभन्दा बढीको बिगो दावी
- गाउँ सहर संवाददाता
- ९ असार आइतबार, २०८१ | १७:५७:०० मा प्रकाशित
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले आज (आइतवार) विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो। सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको बताए।
उनले मुख्यसचिव अर्यालसहित तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रहेर अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजस्व कार्यालय लाजिम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाहीविरुद्ध मुद्दा परेको जानकारी दिए।
उनीहरुसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रालिका निर्देशक केशव शर्मा र उक्त कम्पनीलाई विपक्षी बनाएर १२ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता भएको छ।
मुख्यसचिव अर्यालसँगै १२ जनाविरुद्ध मुद्दा दर्ता भएको मुद्दाको बिगो ३८ करोड ६७ लाख १७ हजार ६४० कायम गरिएको छ। जम्मा बिगोमा २० प्रतिशत भुक्तानी दिइसकेको उजुरीमा उल्लेख गरिएको छ।
प्रवक्ता कार्कीका अनुसार मुख्यसचिवलगायत केही व्यक्तिविरुद्ध पूरै बिगो असुल उपरको माग दावी गरेर अख्तियारले मुद्दा दायर गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस