सरकारकाे लक्ष्य ६ प्रतिशतकाे आर्थिक वृद्धि, मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने
- गाउँ सहर संवाददाता
- १५ जेठ मंगलबार, २०८१ | १७:४२:०० मा प्रकाशित

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको बताए ।
त्यस्तै मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ ।
गत बजेटमा सरकारले चालु आवका लागि ६ प्रतिशतकै आर्थिक वृद्धि लक्ष्य लिए पनि ४ प्रतिशतमाथि नजाने विभिन्न प्रक्षेपणले देखाएका छन् ।
प्रस्तुत बजेट कार्यान्वयनबाट नयाँ चरणको आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने अर्थमन्त्रीको विश्वास छ। लामो समयदेखि पुँजीगत खर्चको परिचालनमा देखिएका अवरोध समाधान हुने र सार्वजनिक वित्त प्रणाली थप चुस्त भई सार्वजनिक खर्चको प्रभावकारिता बढ्ने अपेक्षा गरेका छन ।
बजेटमा प्रस्ताव गरेको राजस्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजस्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा रहेको छ
यो बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगार सिर्जना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने सरकारको विश्वास छ
बजेटमा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा हुने अर्थमन्त्रकिा भनाई छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस