तातियाे तराईः तापक्रम ४० डिग्री सेल्सियसभन्दा उकालाे, तातो लहरको सम्भावना
- गाउँ सहर संवाददाता
- १३ जेठ आइतबार, २०८१ | १६:१२:०० मा प्रकाशित
काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।
ती भू-भागहरूमा आगामी ३ दिन (जेठ १३ गतेदेखि जेठ १५ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ । त्यसैले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
"तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ" महाशाखाले भनेकाे छ ।
यसबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शुरू भयाे चाडपर्व लक्षित सहुलियत मूल्य पसल
- फरक मतसहित १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन
- नेपालमा दूतावास स्थापना गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
- जित नजिक पुगेकाे नेपाल ओमानसँग पराजित
- विभिन्न कार्यक्रम गरि आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
- उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत, विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि
- स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता, कुन-कुन दलले जितेका ठाउँमा खाली ?
- कोसीका मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दुई तिहाइ
- सुस्तायाे शेयरबजार, लगानीकर्ता निराश !
- दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी
प्रतिकृया दिनुहोस