बढ्याे गर्मी : यस्ताे छ माैसम विभागकाे पूर्वानुमान
- गाउँ सहर संवाददाता
- १७ जेठ बिहीबार, २०८१ | ०९:५७:०० मा प्रकाशित
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज र भाेलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- साफ महिला च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै, श्रीलंका र माल्दिभ्स पहिलाे र दाेस्राे खेल नेपाल र भुटानबीच
- मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : काेसी प्रदेशबाट ४४ जनाकाे उद्धार
- पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली
- साफ महिला च्याम्पियनसिप २०२४ मा भारतकाे विजयी सुरुवात
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
- ज्योति विकास बैंकका ग्राहकहरुलाई १ वर्षसम्म पोखरास्थित कुटी रिसोर्टमा २०% सम्मको विशेष छुट
- निर्वाचन आयोगको राजनीतिक दलहरुलाई यस्ताे निर्देशन
- द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट
- ‘किसान सरल कर्जा’ राष्ट्रिय वाणिज्य बैंकद्वारा शुभारम्भ
प्रतिकृया दिनुहोस