परिस्थिति..
- रामबाबु सुवेदी
- ५ जेठ शनिबार, २०८१ | ११:४१:०० मा प्रकाशित

उसले बाईक कुदाउँछु भन्दै जिद गर्दै थियो। एकदिन उसले घरमा आफ्नो बाबालाई बाईक किन्दिनु भन्दै जिद गर्यो। त्यो एक दिन दुई दिन गर्दै उ हर दिन बाबासंग त्यही विषयमा लडाई गर्दो भयो। उमेरले भर्खर १८ टेकेको उसले आफ्नो कलेजमा सबै साथीहरू बाईकमा आउने जिकिर गर्दै खरिद गर्दिन उच्छ चाहना ब्यक्त गर्दो भयो।
उसको बाबाले धेरै दिन सम्म बाईक किन्दिन्न भनेका थिए। "तँलाई अहिले कमाई न धमाई बाईक किन चाहियो" भन्दै बारम्बार सम्झाउँदै थिए। उ पनि आफ्नो बाबाको कुरा नसुनेर एकोहोरो हुँदै भन्यो "बाईक किन्दिनु नत्र म मर्छु।" यस्तो आवेशमा आएको देखेर उसकि आमा डाको छाडेर रुन पुग्छिन्। केही उपाय नलागेपछि लामो समयमा भएपनि उसको जित हुन्छ। अनि एक जिम्मेवार परिवारप्रति सधै लक्षित कुशल बाबाको हार।
उ अर्थात सुमन। मध्यम वर्गिय घरको परिवारको छोरा सुमनको बाबा सामन्य जागिरे हुन्। उहीँ सामन्य जागिर भएका कारणले परिवारलाई दु:ख सुख भएपनि आनन्दको जीवन बिताउँदै आएका थिए सुमनको बाबा।
आज सुमनले आफ्नो जिदका कारण मर्ने सम्मको धम्की दिँदा पाएको उपहार हो बाईक। उसले बाईकका लागि आफ्नो देह पनि त्यग्न तयार थियो। लाग्थ्यो उ कुनै पागलपन वा एकोहोरोपनको गहिरो शिकार भएको छ। उसकी आमाले बारम्बार सम्झाउँदा पनि अटेरि गरेरनै उसले जित्यो।
अहिले उ संसारको सबैभन्दा खुशी ब्यक्ति होला। किनकी उसको सपना पूरा भएको छ। तर अर्का तर्फ उसका बाबुआमा संसारका सबैभन्दा दुखित ब्यक्ति होलान किनकी उनीहरुमा यातायातको भय छ। यातायातको जोखिम अनि सुमनको उत्ताउलो पन वा उमेरको प्रभावले उनीहरु निराश अनि भयभीत बनेका छन्।
त्यही सुमन अहिले निकै चिन्तित छ। उमेरले उ भर्खरै १८/१९ मा छ तर अहिले उसलाई अस्पतालको धमाधमले सताएको छ। उसलाई औषधोपचारमा ब्यस्त बनाएको छ। अस्पतालको सर्जरी वार्ड बाहिर सुमन बेन्चमा बसेको छ। त्यत्तिकैमा वार्डको ढोका खोलेर नर्सले आवाज दिँदा उ आफ्नो हातमा खेलाउँदै गरेको मोबाईल आफ्नो खल्तिमा हाल्दै वार्ड तर्फ दौडन्छ।
नर्स "यति औषधि ल्याईदिनु त छिट्टै। एक जना भित्र बस्नु पर्छ नि तपाईंहरुको बिमारीलाई के चाहिन्छ कति बेला थाहा हुन्न। यहि बस्नु है अब बिरामी छेउ।"
"हस" सुमन नैरश्यता भाव लिएरप्रति प्रश्न गर्छ "आज औषधि लिन तल्लो तला कुदेको ५ पटक भैसक्यो। थकाई लागेर एकछिन बाहिर विश्राम गरेको निदाएँछु। अब देखि याद गरौँला। अझ कति दिन राख्छ बिरामीलाई दिदी?"
उसको प्रति प्रश्न सुनेर अर्कि अधबैंसे नर्स हाँस्दै भन्छिन्, "बिचरा भाइ जुँगाका रेखी राम्रो बसेको पनि छैन अनावश्यक बाईक कुदाउन खोज्दा आज वार्ड र अस्पताल भरी दगुर्नु पर्यो।"
केही जवाफ नफर्काई सुमन सिँडी ओर्लिन्छ। थकित उसको अनुहारमा निराशाको बादल मण्डारिन्छ। उ आफ्नो थकित शरीर सिढिको भित्तामा अड्याउँदै पछाडिको खल्तिबाट पर्स निकाल्छ। उसको अहिले गोजि पनि खाली हुँदै गएको छ। हेर्दा पर्समा जम्मा ८०० मात्र रहेछ। हातको मोबाईल मा नम्बर थिच्दै उ बोल्न थाल्छ " बा पैसा पठाईदिनुन है। यहाँ अझै खर्च लाग्ने रहेछ।"
बा उताबाट जवाफ दिन्छन् "तलाई नकिन बाईक यो उपद्रो नगर भन्या हैन मानिनस गधा। आफू त सकिस अब मैले थोरै बचत गरेको रकम पनि सका। तैँले कमाउनु परेको छैन माग्दा तेरो के जान्छ र?"
आफ्नो देब्रे खाली हातले टाउको कनाउँदै उ प्रतिउत्तर दिन्छ "ह्या बा मैले जानेर हानेको हो र? ल अरु कुरा थाहा छैन खुरुक्क चाँडै पठाईदिनु है।" सुमन फोन काट्दै औषधि पसलबाट औषधि लिएर फर्कन्छ। नर्स लाई बोलाएर औषधि दिन्छ। अनि बाहिर विश्राम गर्छ। अनि उ थकित हुँदै गहिरो निन्द्रामा पुग्छ....
प्रतिकृया दिनुहोस