सगरमाथाको पर्याय कामीरिता शेर्पा, जाे आफ्नै रेकर्ड ताेड्दै २९औं पटक पुगे चुचुरोमा
- गाउँ सहर संवाददाता
- ३० बैशाख आइतबार, २०८१ | ११:४८:०० मा प्रकाशित
ओखलढुंगा । विश्वप्रख्यात हिमाल आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान भंग गरेका छन् । आइतबार २९ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै किर्तिमान भंग गरेका हुन् । आइतबार बिहान ७:२५ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।
पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरूको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा सगरमाथा आरोहण गर्न गएका थिए । सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडसन गरी दुईवटा कम्पनीका सदस्यहरूलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको बताइएको छ ।
५४ वर्षीय कामीरिता सोलुखुम्बुको थामेमा जन्मेका हुन् । उनले गत वर्षको वसन्त याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्ति रेकर्ड बनाएका थिए ।
कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा छन् । गत वर्षको वसन्तमा पादावाले गरेको सगरमाथा आरोहण २७ औं पटक थियो । उनले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताकै हाराहारीमा सगरमाथा आरोहणको किर्तिमानी बनाएपछि कामीरिताले पनि एक साता नबित्दै एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २८ औं पटकको रेकर्ड बनाएका थिए ।
कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए भने पासाङ दावाले २०५५ सालमा सगरमाथा आरोहण गरेका थिए । २१ औं पटकको रेकर्ड कामीरिताले ०७४ जेठमा बनाए । त्यसयता उनी सगरमाथामा सर्वाधिक आरोहणको आफ्नै रेकर्ड बनाउँदै ब्रेक गर्दै आइरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस