अर्थतन्त्र

साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २४.५८ अंकले घटेर एक हजार ९७४ दशमलव ३७ विन्दुमा बन्द भएको हो ।        

नेप्सेमा आज ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४२ वटाको बढेको छ भने १९६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनी, साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले बढेको छ ।       

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९२ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।            

गाउँ सहर संवाददाता

तपाईँको मत