कला

लघुकथा :- जोडा

"मिरा आज अकेली आएकी छौ जोडा खै त?" बिहानी पखको घुमघाममा अनमोललाई नदेखेपछि विनाले सोधी।

"अकेलै आएको अकेलै जाने सँगै जाने जोडा कता पाउँने? धेरै दिन देखि एक्लै घुमेकी छुँ।" मिराले ठटौले पारामा उत्तर फर्काइन।

"म त आफैँ पनि धेरै दिनपछि घुम्न आएको त्यसैले होला। तर अनमोल त ठिकैछन् नी चक्रे भन्दा त?"

के ठिक हुनुथ्यो। आफ्नो कर्म नै अभागी भएपछि। मिराले स्युई सुस्केरा हाल्दै भनिन्।

"के अनमोलपनि..? "विना! यो पुरूष प्रधान समाज हो। पुरूषले जे गरेपनि लुक्छ महिँला चरित्रहिन हुन्छन्, व्यस्या हुन्छन्। केटा केटी भएनन् महिँलालाई दोश, छोरा जन्मिएनन् महिँलालाई नै दोश। त्यो पापी पनि पुरूष नै हो नी। नाम मात्र अनमोल भएर के हुन्छ।" मिराले मनको भडास निकाली।

"होइन अनमोल सँग त तिम्रो प्रेम थियो। खुबै प्रसंसा गर्थ्यो त कुनै दिन।"- विनाले भनी।

"त्यो वेला नचिनेर हो नानी। सधैं धोका खाइएला भन्ने केथाहा थियो र !"- ऊ भावुक हुँदै भनी।

"अहिले के हुँदै छ?"-

" केहुँनु उसलाई पनि किनारा लगाइदिएं। आफू अँझै माझधारमै छु।"- मिराले आकास तिर नियाल्दै भनी।

दाङ घोराही १८

तपाईँको मत