राजनीति

कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । नेता काेइरालाले बोल्न समय दिन्छौं भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे । साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिए ।

बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गरे ।

उनले गृहमन्त्रीको राजीनामा समेत कांग्रेसले नमागेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै संसद अवरुद्ध गर्नुपर्ने कारण अरु नभएको बताए । साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुधबारको अभिब्यक्तिप्रति लक्षित गर्दै राजाको धम्कीमा नडराएको कांग्रेस अब पनि नडराउने भन्दै जवाफ फर्काए ।

उनले भने, ‘जुन धम्कीको भाषा आइराखेको छ त्यो मान्य छैन । राजाको धम्कीमा नेपाली कांग्रेस डराएन । अब पनि कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत