वातावरण

काठमाडौंसहित आज देशभर वर्षा हुने, कतै कतै भारीसम्म सम्भावना

काठमाडौं । गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको छ ।

आज पनि वर्षाको सम्भावना बढी छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसदिन कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा दिउँसोतिर वर्षाको सम्भावना रहेको छ ।

सोमबार (भाेलि) पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । आइतबारभन्दा तुलनात्मक रूपमा सोमबार केही कम वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायु बढी सक्रिय छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत