नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- ३० बैशाख आइतबार, २०८१ | १५:५७:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से ८.२६ अंकले बढेर एक हजार ९७४ दशमलव ५० विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२७ वटाको बढेको छ भने १११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सिर्जनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३७२.८० रुपैयाँ पुगेको छ । यसका साथै आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.५२ प्रतिशतले बढेको छ ।
आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.४४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० करोड ५० लाख बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस