ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- गाउँ सहर संवाददाता
- ३० बैशाख आइतबार, २०८१ | १४:१३:०० मा प्रकाशित

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका हुन् । सम्मानित हुनेहरुमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत रहेका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पण प्रति हार्दिक आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउन सफल हुने कर्मचारीहरू प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गरे । साथै अबको यात्रामा पनि सोहि अनुरुपको योगदान रहनेमा विश्वास प्रकट गरे ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
सोहि मान्यता अनुरुप भर्खरै मात्र ज्योति विकास बैंकले १५ जना शारीरिक रुपले भिन्न रुपमा सक्षम नागरिकलाई कृत्रिम हात प्रदान गरेको थियो। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस