सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- गाउँ सहर संवाददाता
- ५ बैशाख बुधबार, २०८१ | ०७:४०:०० मा प्रकाशित
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ ।
नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।
नेपालले सेमिफाइनल अघि दीपेन्द्रसिंह ऐरीसहित केही खेलाडीलाई विश्राम दिनसक्छ । बेन्चमा भएका अनिलकुमार शाह र प्रतिश जि.सीले मौका पाउन सक्छन् ।
नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।
साउदीका कप्तान हिशाम शेख, ओपनर अब्दुल वाहिद र स्पिनर जैन उल अबिदीन प्रमुख हतियार हुन् । मनान अली साउदीका क्लिन हिटर हुन् ।
नेपालले टी-२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ । यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका नेपालका दीपेन्द्र प्रमुख हतियार हुन् । दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ल नेपाल मुख्य खेलाडी हुन् ।
नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।
बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।
आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । ओमान र यूएई दुवै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने समीकरण देखिन्छ ।
नेपाल समूह ए मा ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । मलेसिया र हङकङ पनि समान ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो र पुछारमा छन् ।
आज मलेसिया र हङकङबीच खेल हुँदैछ । ४ अंकका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित हात पार्नुपर्छ ।
सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।
शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
प्रतिकृया दिनुहोस