गाउँ सहर

‘मिसन एक्टिभ क्याम्पियन’ मार्फत सिटिजन लाइफद्वारा उल्लेखनीय बीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अभियान चैत महिनाभरि सञ्चालन गरिएको थियो । यस अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा तोकिएकै संख्यामा पोलिसी बिक्रीको लक्ष्य राखिएको थियो । जसअन्तर्गत कुल ५६ ब्रान्चले आफ्नो तोकिएको लक्ष्य पुरा गरेका छन् ।

यस अभियान अन्तर्गत १५ वटा ब्रान्चले एकैदिन १०० बढी पोलिसी विक्री गरेका छन् । त्यस्तै, ७ वटा ब्रान्चले एकैदिन ५० वटाभन्दा बढी पोलिसी विक्री गरेका छन् भने बाँकी ३४ वटा ब्रान्चले न्यूनतम टार्गेट पुरा गरेका हुन् ।

पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ । हरेक क्षेत्र सुस्त बनेका छन् । यो आर्थिक परिदृश्यको चपेटमा बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन। यस्तो जटिल परिवेशमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले उल्लेखनीय व्यापार गर्न सफल भइरहेको छ ।

यो अभियानअन्तर्गत सिटिजन लाइफका १५ वटा शाखाले १०० बढी पोलिसी विक्री गरी लक्ष्य भेट्याएका छन् । लक्ष्य भेट्याउने शाखाहरुमा गाइघाट शाखा, जमल शाखा, बाग्लुङ, पोखरा, स्वयम्भु, बानेश्वर, जितपुर, बालाजू, बुटवल, त्रिपुरेश्वर, नारायणगढ, बिर्तामोड, म्याग्दी, कुश्मा, जनकपुर शाखा कार्यालय हुन् । यी हरेक शाखाले एकैदिन १०० भन्दा बढी बीमा पोलिसी बिक्री गरेका हुन् । आर्थिक मन्दीको अवस्थामा पनि कम्पनीका शाखा कार्यालयहरुले राम्रो व्यापार गरिरहेका छन्।

कम्पनीको जमल शाखा कार्यालयले चैत १८ गते एकैदिन १०२ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । उक्त शाखाका प्रमुख प्रकाश श्रेष्ठ रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत