गाउँ सहर

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा

कामठाडाैं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएका छिन् ।

अर्यालले राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई बिहीवार राजीनामा पत्र बुझाएकी हुन् ।

गत फागुन २१ गतेपछि बनेको नयाँ सत्ता गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष नेकपा (माओवादी केन्द्र)ले लिने सहमति भएको थियो । सो सहमतिअनुसार  दाहाल राष्ट्रियसभा अध्यक्ष भइसकेका छन् ।

अब राष्ट्रियसभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

‘नेपालको संविधान २०७२ को धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम संघीय संसद, राष्ट्रियसभा उपाध्यक्षको पदबाट राजीनामा दिएकी छु,’ राजीनामा पत्रमा भनिएको छ ।

राजीनामा पत्रमा अर्यालले उपाध्यक्षमा आफूलाई निर्विरोध निर्वाचित गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । 

गत फागुन २१ गतेपछि बनेको नयाँ सत्ता गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष नेकपा (माओवादी केन्द्र)ले लिने सहमति भएको थियो । सो सहमतिअनुसार  दाहाल राष्ट्रियसभा अध्यक्ष भइसकेका छन् ।

अब राष्ट्रियसभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

उनी राष्ट्रियसभा उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी थिइन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत