लिखु तामाकोशीका तत्कालीन अध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचारमा दोषी ठहर
- गाउँ सहर संवाददाता
- १३ चैत मंगलबार, २०८० | ०८:१४:०० मा प्रकाशित
काठमाडौं। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका केही वडामा विजुली ल्याउन भएको विद्युत सामान खरिद अनियमिततामा तत्कालिन गाउँपालिका अध्यक्षसहित ६ जना दोषी ठहर भएका छन्।
विशेष अदालतले २६ जना आरोपीमध्ये २० जनालाई भने सफाई दिएको छ।
टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले तत्कालिन गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना गरेको छ।
राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवानाको सजाय सुनाइएको छ। दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामाको हकमा ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ। न्यौपाने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र डिम्दोङ लेखापाल हुन्।
यस्तै सामान ल्याउने ठेकेदार कम्पनीका सन्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना भएको छ।
आर्थिक वर्ष २०७४/७५ र ०७५/७६ मा लिखु तामाकोशीका वडा-४ विजुलीकोट, वडा-५ नागदह र वडा-१ दुरागाउँमा विजुली ल्याउन प्रकृया नपुर्याई सामान खरिद गरेर भ्रष्टाचार गरेको आरोपमा तत्कालिन गाउँपालिका अध्यक्ष खड्कासहित २६ जनामाथि लागेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
प्रतिकृया दिनुहोस