गाउँ सहर

घटेकाे शेयरबजारमा ३ अर्ब ४९ करोडकाे काराेबार

काठमाडौं । शेयर बजार नेपाल स्टक एक्स्चेञ्‍ज (नेप्से)मा साताको कारोबारको चौथो दिन बुधबार पनि गिरावट आएको छ। ३.३४ अंकले घट्दै नेप्से सूचक २०६३.९५ बिन्दुमा झरेको हो।

आज कूल ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ। १४७ कम्पनीका लगानीकर्ताले शेयरमा घाटा ब्यहोर्दा ९४ कम्पनीका शेयरधनी नाफामा छन्‌।

घटेको बजारमा पनि ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। जसमध्ये गुराँस फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

बोटलर्स नेपाल बालाजुका शेयरधनीले आज सर्वाधिक प्रतिकित्ता ९.३२ (१८८५.७० रुपैयाँ) गुमाएका छन्‌। आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको शेयर कारोबार रकमका हिसाबले सर्वाधिक भएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत