अर्थतन्त्र

नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य दैनिक उकालो लाग्दै

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत