खेल

मैत्रीपूर्ण खेलमा हङकङसँग नेपाल पराजित

काठमाडाैं । हङकङसँगकाे एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएकाे छ ।

हङकङले दिएकाे २ सय १३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयाे । १ सय १७ रन बनाउँदा ३ विकेट गुमाएकाे नेपालले त्यसपछि २२ रन जाेड्दा बाँकी ७ विकेट गुमायाे । नेपालका विनाेद भण्डारीले ४२, आरिफ शेखले ३८ र कप्तान राेहित पाैडेलले ३० रन बनाए । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । हङकङका अजाज खानले ४ र एहसन खानले ३ विकेट लिए ।

यसअघि घरेलु मैदान मोङ कोकको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो । हङकङका बाबर हायातले शतक बनाएर । बाबर ४९ बलमा १ सय १० रन बनाएर आउट भए । नेपालका आकाश चन्दले ३ विकेट लिए । आकाशले आजको खेलमा नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एकमात्र खेलको फ्रेन्डशिप कप खेलेको हो ।

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले पहिलो खेल भोलि हङकङसँग खेल्नेछ । यस्तै नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते शृङ्खलाको फाइनल खेल हुनेछ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत