दिगोविकास

सामान्य अंकले बढ्याे नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक १३.५१ अंकले बढेको छ। यसदिन नेप्से दोहोरो अंकले बढेर २०३०.५५ अंकमा पुगेको हो।

सोमबार नेप्से दुईपटक सर्किट ब्रेक लाग्दै ९८.६९ अंकले बढेको थियो। मंगलबार ७०.७१ अंकको पहिरो चलेको थियो। बुधबार भने ९.३३ अंकको झिनो सुधार देखिएको थियो।

शेयरबजारप्रति पुनको पछिल्लो रूझान सकारात्मक देखिएपछि बिहीबार शेयरबजार ०.६७ प्रतिशतले बढेको हो। ८९ लाख २९ हजार १५२ कित्ता शेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२०.३५ रुपैयाँमा कारोबार भएको छ।

साताको कारोबारको अन्तिम दिन आज १७६ कम्पनीका शेयरधनी नाफामा छन्‌। ५९ कम्पनीका शेयरधनीलाई घाटा लागेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर छ।

आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३१.८० रुपैयाँ बढेको छ। एनआइसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले सर्वाधिक -६.२१ प्रतिशत गुमाएका छन्‌।

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रोमोटर सेयर कारोबार नेप्सेमा भएको कारोबारमध्ये सर्वाधिक हो।

गाउँ सहर संवाददाता

तपाईँको मत