राजनीति

गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ

फाइल तस्बिर

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् ।

शुक्रवार काठमाडौँमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएपनि गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे ।

उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे । उनले आफूले कर्णालीलाई केन्द्रमा पु-याउने कुरा नबिर्सिएको बताए । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत