सात महिनामा व्यापार घाटा ८ खर्ब ११ अर्ब बढी
- गाउँ सहर संवाददाता
- १० फाल्गुण बिहीबार, २०८० | ०८:३०:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रु नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रु आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्यांकअनुसार माघ मसान्तसम्ममा रु आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छभने रु ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको सुरुआती सात महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात दुई दशमलव ३१ निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा समग्र व्यापार घाटा दुई दशमलव ७५ प्रतिशतले घट्दा व्यापार घाटा पनि एक दशमलव ७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।
नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत हो । भारतसँग रु पाँच खर्ब ५४ अर्ब ७५ करोड ८८ लाखको आयात गर्दा रु ५८ अर्ब ७२ करोड २७ लाखको मात्रै निर्यात भएको छ । अर्थात् चालु आर्थिक वर्षको सात महिना अवधिमा भारतसँग मात्र नेपालले रु चार खर्ब ९६ अर्ब तीन करोड ६० लाख व्यापारघाटा व्यहोरेको छ ।
त्यस्तै, दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले रु एक खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । माघ मसान्तसम्ममा चीनबाट रु एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा रु एक अर्ब ८५ करोड ४८ लाख बराबरको निर्यात भएको छ ।
त्यस्तै, नेपालले उच्च व्यापार घाटा व्यहोर्ने मुलुकको सूचीमा तेस्रो नम्बरमा संयुक्त अरब इमिरेट्स रहेको छ । चालु आवको सात महिना अवधिमा संयुक्त अरब इमिरेट्ससँग रु १५ अर्ब ६९ करोड ५४ लाखको आयात र रु एक अर्ब ५८ करोड ३३ लाख बराबरको निर्यात भएको छ । यो मुलुकसँगको व्यापार घाटा रु १४ अर्ब ११ करोड २० लाख छ ।
नेपालले वैदेशिक व्यापार गर्ने मुलुकहरुमध्ये सबैभन्दा बढी व्यापार नाफा संयुक्त राज्य अमेरिकासँग रहेको छ । सात महिना अवधिमा अमेरिकाबाट रु नौ अर्ब १७ करोड ५८ लाख बराबरको वस्तु आयात हुँदा नेपालबाट रु नौ अर्ब ५४ करोड छ लाख बराबरको निर्यात भएको छ ।
अर्थात् समीक्षा अवधिमा अमेरिकासँगको नेपालको व्यापार नाफा रु ३६ करोड ४७ लाख बराबर छ । डेनमार्क, नर्वे, अफगानस्तान, माल्दिभ्सलगायत मुलुकसँग पनि नेपालको व्यापार नाफामा छ । चालु आवको सुरुआती सात महिना अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ ।
यो अवधिमा रु ७७ अर्ब ४१ करोड ९८ लाख बराबरको डिजेल, रु ३८ अर्ब ८२ करोड ६३ लाख बराबरको पेट्रोल र रु ३० अर्ब ३१ करोड २४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । त्यस्तै, फलामजन्य सामग्री रु २२ अर्ब ६६ करोड, रु १७ अर्ब ३८ करोड ३६ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस