चीनविरुद्ध नेपालको ५-१ काे जित
- गाउँ सहर संवाददाता
- २७ माघ शनिबार, २०८० | १८:५७:०० मा प्रकाशित

काठमाडौं । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाली यू–२३ टिमले चीनको क्विनझाई युथविरुद्ध ५–१ को सहज जित निकालेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित्र दशरथ रंगशालामा नेपाललाई जित दिलाउन समीर तामाङले दुई गोल गरे । सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक गोल थपे । चिनियाँ टिमका जासी पेङकोउले सान्त्वना गोल फर्काएका थिए ।
विष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाललाई अग्रतामा राखेका थिए । ३९औँ मिनेटमा समीरले गोल गरेपछि नेपालले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
५४औँ मिनेटमा समीरले नै नेपालको अग्रतालाई ३–० मा पुर्याए । त्यसको नौ मिनेटपछि छिरिङ लामाको गोलबाट नेपालले ४–० को अग्रता बनाएको थियो ७५औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई ५–० को सहज अवस्थामा पुर्याए । पाहुना टिमका पेङकोउले खेलको ७८औँ मिनेटमा एक गोल फर्काए ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस