खेल

भारतसँग पराजित भएसँगै यू-१९ महिला साफबाट बाहिरियो नेपाल

काठमाडौं । भारतसँग पराजित हुँदै नेपाल बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनशिपबाट बाहिरिएको छ । 

अन्तिम खेलमा भारतसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

यो नतिजापछि प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । भारत भने फाइनल प्रवेश गर्न सफल रह्यो ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा भएको खेलमा भारतका लागि नेहाले दुई गोल गरिन् । यस्तै सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल थपे ।

खेलका चारै गोल दोस्रो हाफमा सम्भव भएका थिए । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई १–० ले हराएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत