दिगोविकास

आइएमई पे एपमा रू. १ को खेल- उपहारमा अल्टिमा लाइफस्टाइलको उपकरणहरू

काठमाडाैं । आइएमई पेले माघ महिनादेखि आफ्नो एपमा 'अहिले नखेले कहिले' नामक रू. १ को खेल सार्वजनिक गरेको छ।

आफ्नो एपभित्र विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आवद्ध भई रू. १ खेल सुरू गरेको हो। खेलको उपहार स्वरूप १० वटा अल्टिमाको उपकरणहरू राखिएको छ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले एक रूपैयाँमा आफूलाई मनपर्ने प्रडक्ट छनौट गर्दै यो खेल खेल्न सक्छन्।

यसका साथै आइएमई पेमार्फत बजारमा हालै सार्वजनिक 'अल्टिमा बुम १६१ क्यू' खरिद गर्दा विशेष छुट पाइने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरूले दराज एपमार्फत माघ ४ गतेदेखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यू खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत अतिरिक्त छुट (एक सय ५० रूपैयाँसम्म) प्राप्त गर्न सक्नेछन्। 

आइएमई पे बारेः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित 'आइएमई पे' मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम 'आइएमई डिजिटलु दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्ने छन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ। 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

बीस लाखभन्दा बढी ग्राहकहरूलाई सिधैं मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

गाउँ सहर संवाददाता

तपाईँको मत