गाउँ सहर

पशुपतिनाथको दर्शन र वृक्षारोपण गरि फर्के विदेशमन्त्री जयशंकर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन्  । सो क्रममा उनले पशुपतिनाथ परिसरमा रुद्राक्षको एउटा बोटसमेत रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।  

उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए ।

हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए । 

जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत