राजनीति

तीन महिने अभियानले नयाँ आशा र उत्साह देखियाे - माओवादी केन्द्र

काठमाडाैँ। नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीनमहिने अभियान सफल भएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियान सफल भएको दाबी गरेका हुन्।

उनले पालिकास्तरबाटै अभियानको प्रतिवेदन लेख्ने काम भइरहेकाले सबैको आफूहरू बैठक राखेर समीक्षा गर्ने बताए। जनताले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानलाई अझ सशक्त रूपमा गम्भीरतासाथ अगाडि बढाउन सुझाव आएको माओवादीको भनाइ छ।

गाउँ सहर संवाददाता

तपाईँको मत