गाउँ सहर

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमाले भागबण्डा गर्दैछन् ?

कांग्रेस । सत्तारुढ प्रमुख दलहरु कांग्रेस र मा‌ओवादी प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकारात्मक भएका छन् । बालुवाटारमा बुधबार बिहान बसेको बैठकमा उनीहरुले त्यसबारे सकारत्मक धारणा बनाएका हुन् । बुधबार नै दिउँसो ४ बजे सत्तारुढ सबै दलको बैठक राखिएको छ । त्यसपछि एमालेसँग छलफल हुनेछ ।  

अहिले नै कति सिट एमालेलाई दिने भन्ने टुंगो त लागेको छैन । तर तीन सिट सम्म दिने कुरा भइरहेको एक नेताले जानकारी दिए । यदी एमालेले त्यति सिटमा चित्त बुझायो भने आजै बस्ने बैठकमै पनि राष्ट्रिय सभामा दलहरुले सिट भागबन्डा टुंगिन सक्नेछ । 'एमालेलाई पनि सहमतिमा लैजानु पर्ने भएकाले राष्ट्रिय सभाको सिटमा साझेदारी गर्न खोजेका हौं' बैठकमा सहभागी कांग्रेसका एक नेताले भने ।

फागुनमा रिक्त हुने राष्ट्रिय सभाका २० स्थानमध्ये १९ का लागि माघ ११ मा निर्वाचन हुँदैछ । सत्ता गठबन्धनले साझा उम्मेदवार तयार गरेर उम्मेदवारी दिएमा उनीहरूले नै सबै प्रदेशमा जित्ने सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत